संघीय संरचना अनुसार नेपालको प्रशासनिक नक्सा सार्वजनिक
काठमाडौं २३ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गरेकी हुन । नक्सा त्यस अवसरमा नक्साका बारेमा जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक छिट्टै गर्नुपर्ने भएपनि प्रदेशहरूको नामांकरण नभएका कारण ढिलाइ भएको बताए । तर हालसम्म पनि प्रदेशहरूको नामांकरण नसकिएकाले ढिलो गर्दा समस्या हुनसक्ने भएकाले मन्त्री अर्यालको निर्देशनमा हालका लागि ३ प्रदेशको मात्र नामांकरण गरिएको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिनुभयो ।
नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्जहरू, नदिहरू, प्रमुख ठाउँहरूको नाम उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको यस नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । यसलाई क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।
त्यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा प्रकाशन गर्ने तयारी भएपनि प्रदेशहरूको नामाकरण सकिएपछि गरौं भनेर लागेका कारण ढिलाइ भएको जानकारी गराइन् । अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताउदै मन्त्री अर्यालले त्यसबारे केही प्रश्नहरू उठ्दै आएकाले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा ल्याउन नापी विभागलाई निर्देशन गरिसकेको बताइन ।
बजारमा धेरैखाले नक्सा पाइएकाले ढिलो गर्दा ठिक हुदैन भन्ने मान्यताले अहिले नै नक्सा सार्वजनिक गरिएको उनले जानकारी गराइन । ‘अहिले यो नक्सा सार्वजनिक गरेका छौ । अब छिटो गरेर ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै पालिकास्तरको नक्सा बनाएर तल हस्तान्तरण गर्ने अभियानमा अगाडी बढ्नेछौ’, मन्त्री अर्यालले भनिन्, ‘केही प्राविधिक समस्याले गर्दा ७५३ पालिकाको नामसहित प्रकाशन गर्न सकेका छैनौं । अब यसलाई पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छौ ।’
सार्वजनिक गरिएको नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा पुर्यारउने र त्यसपछि प्रदेशस्तर र ७५३ पालिकामै आधिकारिक नक्सा पुर्याुउने मन्त्री अर्यालले बताइन । त्यसपछि क्रमशः जनस्तरसम्म पुर्यारउन बजारका पुस्तक भण्डारहरू, पसलहरूमा नेपालको आधिकारित नक्सा पठाइने बताइन ।
मन्त्री अर्यालले अहिलेको नयाँ संरचनाअनुसारको आधिकारित प्रशासनिक नक्सा जनस्तरसम्म पुर्यानउनका निम्ती सहयोग गर्न सबैलाई आग्रह समेत गरिन । ‘धेरै अनाधिकृत नक्सालाई बिस्तापित गरेर आधिकारिक नक्सा प्रयोग बढाउने हिसाबले मन्त्रालय र नापी विभाग अगाडी बढ्नेछ’, उनले भनिन् ‘नक्सासँग जोडिएका अन्यौलतालाई हामीले चिर्न सफल हुनेछौ ।
विभिन्न खालका नक्सा प्रयोगमा आउदा कहिले कुन भूभाग छुटेको र कहिले कुन विभाग छुट्ने अवस्था अब आधिकारित नक्सा आएपछि हट्ने विश्वास छ ।’ मन्त्री अर्यालले बताइन