Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

काठमाडौंको भृकुटीमण्डपमा पाँच देशका घरेलु उत्पादन प्रदर्शनी

काठमाडौंको भृकुटीमण्डपमा पाँच देशका घरेलु उत्पादन प्रदर्शनी

काठमाडौं २४, फागुन । १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो देखि औद्योगिक मेला सुरु भएको हो ।

औद्योगिक मेला फागुन २७ गते सम्म चल्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले जानकारी दिएका छन् । मेलाको उद्घाटन भने आज ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।

मेलामा नेपाल, भरत, बङ्गलादेश, पाकिस्तान र चीनका घरेलु उत्पादनहरु प्रदर्शनी गरिएको रेग्मीले जानकारी दिए । मेलामा नेपालमा उत्पादन भएका जुत्ता, चप्पल, विभिन्न ह्याण्डी क्राप्टका सामाग्रीहरु, नेपालमा उत्पादन गरिएका गलैचाका ब्राण्डहरु लगाएत विभिन्न प्रकारका कृषिजन्य वस्तुहरु प्रदर्शन गरिएको छ । घरेलु सामाग्रीहरु प्रदर्शन गर्नका लागि २ सय स्टलको व्यवस्था गरिएको छ । जस मध्ये ५० वटा स्टलहरुमा विदेशी घरेलु सामग्रीको प्रदर्शनी गर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x