Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भूतपूर्व गोर्खा सैनिकलाई राहत प्याकेजको घोषणा

भूतपूर्व गोर्खा सैनिकलाई राहत प्याकेजको घोषणा

काठमाडौं, फागुन २४ । बेलायतका रक्षा राज्यमन्त्री मार्क लांगास्टर नेपाल भ्रमणबाट फर्किएसँगै आन्दोलरत भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।

प्याकेजमा गोर्खा पेन्सनबापतको रकम यसअघि भारतको बैंक हुँदै नेपाल पठाइने व्यवस्था रहेकोमा अबदेखि सीधै नेपालका बैंकिङ सेवामार्फत पठाइने उल्लेख छ। यस्तै कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक ७ लाख ३० हजार रुपैयाँ पाउनेछन्। भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्ने, ८० वर्ष पुगेका भूतपूर्व गोर्खाहरुलाई पेन्सनमा विशेष वृद्धि गरिनेलगायत व्यवस्था पनि राहत प्याकेजमा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x