Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

एएस ३५०/ एच १२५ हेलिकोप्टरले ५ यात्रु मात्र बोक्न पाउने

एएस ३५०/ एच १२५ हेलिकोप्टरले ५ यात्रु मात्र बोक्न पाउने

काठमाडौं, २४ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले एस ३५०/ एच १२५ हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको छ। तर, हाई अल्टिच्युटमा भने हेलिकोप्टर कम्पनी तथा पाइलटले लोड ब्यालेन्स गरेर यात्रु बोक्नुपर्ने हुन्छ।

निर्माता कम्पनीले यस्ता हेलिकोप्टरमा ६ जना यात्रु र एक जना पाइलटका लागि ७ सिट राखेको हुन्छ । पाइलट छेउको सिट हटाउन नियमक र सेवा प्रदायक सहमत भएपछि निर्णय भएको प्राधिकरणले जनाएको छ।

नेपालको उडानलाई कसरी अझै सुरक्षित बनाउन विषयमा बिहीबार हेलिकोप्टर कम्पनीका सञ्चालक प्राधिकरणबीच छलफल भएको थियो। उक्त छलफलमा पाइलटको छेउमा हुने सिटमा यात्रु नबोक्ने निर्णय भएको हो ।

तर, एएस ३५०/ एच १२५ हेलिकोप्टरबाहेक अन्य कम्पनीको हेलिकोप्टरको विषयमा भने केही परिर्वतन भएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x