Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जग्गाको नयाँ बर्गिकरण र भूमि बैंकको अवधारणा ल्याउँदै सरकार

जग्गाको नयाँ बर्गिकरण र भूमि बैंकको अवधारणा ल्याउँदै सरकार

काठमाडौं,२४ फागुन ।  सरकारले भूमि व्यवस्थित गर्न विशेष योजना  अन्तर्गत चार प्रकारको जमिनको वर्गीकरणलाई विस्थापित गरी ९ प्रकारका वर्गीकरणको तयारी गरेको छ । विगतमा गरिएको चार प्रकारको जमिनको वर्गीकरणलाई विस्थापित गरी ९ प्रकारका वर्गीकरण गरिने ब्यवस्था सहितको विधेयक संसदमा पुगेको छ । जसले जमिनको उपयोगका आधारमा जमिनको बर्गिकरण गर्ने गरी अघि बढाइएको विधेयकले कृषि, आवास, औद्योगिक क्षेत्र, पुरातात्विक क्षेत्र, पर्यटन  लगायतका क्षेत्र गरी जमिनको गुण हेरेर त्यसको आधारमा उपयोग गर्ने  गरी नौ प्रकारमा बर्गिकरण गर्ने ब्यवस्था गरिएको छ ।

भूमि बैंकको अवधारणा

खेतियोग्य जमिन बाँझो राखेर समृद्धि नआउने ‍भन्दै सरकारले भूमि बैंकको अवधारण पनि अघि सारेको छ । जनतालाई कृषियोग्य जमिनमा खेति गर्नका निम्ती उहाँहरूलाई प्रयोग गर्न भूमि बैंकको अवधारण अघि सारिएको हो । खेति योग्य जमिनको २५ प्रतिशत बाजो जमिनलाइ उपयोग गर्ने गरी भूमि ऐनमा नै भूमि बैंबको स्थापना गर्न लागिएको हो । मन्त्रालयको अवधारण अनुसार ब्यक्तिले उपयोग गर्न नसकेर बाझो छाडेको आफ्नो जंगालाई भूमि बैंकमा राख्न सक्ने छन् । सो बैंकमा राखे बापत सरकारले केही रकम दिने छ ।  सरकारले उक्त जग्गा भूमिको खोजिगरेकाहरुलाइ उपयोगका आधारमा प्रयोगमा ल्याउन दिने छ । यसरी प्रयोग गर्न दिदा पनि सरकारले केही रकम लिएर दिने ब्यवस्था गरिने छ । जसले कृषि उत्पादनको वृद्धि र रोजगारका अवसरहरु सृजना गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x