Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

तनहुँ हाइड्रोपावरले तोड्यो सिएमसिसँगको ठेक्का

तनहुँ हाइड्रोपावरले तोड्यो सिएमसिसँगको ठेक्का

काठमाडौं,२४ फागुन ।  तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीसँग गरेको ठेक्का तोडिएको छ । फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ ।  तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।

 खरीद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजना स्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा जानु लगायतका छन् ।  हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाखमा खरीद सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x