Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विप्लव नेतृत्वको नेकपाद्वारा विरोध सभादेखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेकपाद्वारा विरोध सभादेखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा

काठमाडौं,२५ फागुन । आफ्ना नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै  विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोण सभा देखी नेपाल बन्द सम्मका आन्दोलका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज र भोली प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्‍याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्‍याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको महसिचव विप्लवद्धरा जारी विज्ञप्तिमा जनाइएको छ ।

केही दिन अघि भएका कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

हिजो मात्र सिके राउत सँग सहमती घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपा नभएर लुटेर समुह भएको बताएका थिए । नेकपा शब्द निकालेर फाल्न र लुटेर समुह विप्लव राख्न प्रधानमन्त्रीको सुझाब थियो । सोही बखत प्रधानमन्त्री ओलीले आतंकबादी गतिविधिलाइ सरकारले छुट नदिने हतियार राखेर बस्ने अनि कार्यकर्ता प्रक्रियो भन्ने भनेर प्रश्न गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x