विप्लव नेतृत्वको नेकपाद्वारा विरोध सभादेखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा
काठमाडौं,२५ फागुन । आफ्ना नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोण सभा देखी नेपाल बन्द सम्मका आन्दोलका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज र भोली प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको महसिचव विप्लवद्धरा जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिन अघि भएका कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
हिजो मात्र सिके राउत सँग सहमती घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपा नभएर लुटेर समुह भएको बताएका थिए । नेकपा शब्द निकालेर फाल्न र लुटेर समुह विप्लव राख्न प्रधानमन्त्रीको सुझाब थियो । सोही बखत प्रधानमन्त्री ओलीले आतंकबादी गतिविधिलाइ सरकारले छुट नदिने हतियार राखेर बस्ने अनि कार्यकर्ता प्रक्रियो भन्ने भनेर प्रश्न गरेका थिए।