नेप्सेको सिस्टममा समस्या, १ घण्टा ४५ मिनेट मात्र कारोबार
काठमाडौं, २६ फागुन । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा समस्या देखिएको छ । सिस्टममा समस्या आएका कारण आज १ घण्टा ४५ मिनेट मात्र सेयर कारोबार भएको थियो ।
सो अवधीको कारोबारमा नेप्से ०.९४ अंकले बढेर १,१२८.७१ विन्दुमा बन्द भएको छ । १ सय ४० कम्पनीहरुको ३,२२,२४२ कित्ता सेयर ९ करोड ३८ लाख ४२ हजार ८६१ रुपैयाँमा कारोबार भएको छ । ९ करोड रुपैयाँको कारोबारमा १ करोड १२ लाख रुपैयाँ भन्दा बढी एशियन लाईफ इन्स्योरेन्सको भएको छ ।
यस दिन सानिमा माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन । जसको सेयर मुल्य ४.०२ प्रतिशतले घटेको छ । साथै तिनाउ विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्यमा ५.४८७८ प्रतिशतले घटेको छ । नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ४ वटा समुहको परिसुचक बढेको छ भने ६ वटा समुहको सुचक घटेको छ ।