Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

जहाज मर्मत ठेक्का प्रक्रिया रद्द नगरी लुप्थान्सालाई सहभागी गराउन संसदको निर्देशन

जहाज मर्मत ठेक्का प्रक्रिया रद्द नगरी लुप्थान्सालाई सहभागी गराउन संसदको निर्देशन

काठमाडौं,२८ फागुन ।  प्रतिनिधि सभाको अन्तर्गत रहेको संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

संसद समिति बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरीत हुने निष्कर्ष निकाल्दै निगमलाई पुरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मूल्यका हिसाबले समेत पुरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले त्यसैअनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिको यसअघि बसेको बैठकले त्यो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाडामा लिनेसम्बन्धी ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत त्यो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x