Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कामना सेवा विकास बैंकको ६९ औं शाखा झापाको दमकमा

कामना सेवा विकास बैंकको ६९ औं शाखा झापाको दमकमा

काठमाडौं,२८ फागुन ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ६, सन्तविर चोकमा यही फाल्गुन आफ्नो ६९ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ . बैंकका संचालक समिति सदस्य श्री भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गर्नुभएको थियो |  प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा प्रदेश नं १ को दोस्रो शाखा भएको र थप ७ वटा शाखाहरु पनि शिघ्र संचालनमा ल्याउने बताउंदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराउनु भयो |

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा कार्यालयहरु तथा २० वटा ATM मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ . साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ .

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x