Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिनामंगलस्थित मेडिकल कलेजमा नेपाल इन्भेष्टमेण्ट बैंकको काउन्टर

सिनामंगलस्थित मेडिकल कलेजमा नेपाल इन्भेष्टमेण्ट बैंकको काउन्टर

काठमाडौं,२८ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ संचालनमा ल्याएको छ ।

काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र  काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

आजैदेखि केएमसीमा  जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुनेमा मेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत  छन् भने हजार कै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको  कलेजसंगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उदेश्यले बैंकले सेवा विस्तार गरेको हो ।

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा एइक् मेसिन बाट सेवा दिइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x