लघुवित्त संस्थालाई विकास बैंक बनाउनु पर्छ – अर्थमन्त्री खतिवडा

काठमाडौं, २८ फागुन । अर्थ मन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुलाई बिग मर्जर गरि विकास बैंक बनाउने बताएका छन् । सोमबार साना किसान लघुवित्त संस्थाको १८ औं बार्षिक उत्सबलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले घ वर्गका वित्तिय संस्थाहरुको स्तरोन्नतीका लागि बिग मर्जरको बाटो अपनाईने बताएका हुन् । उनले घ वर्गको वित्तिय संस्थाहरु मिलेर ख वर्गको विकास बैंक हुन सक्ने सम्भावनाको खोजि भइरहेको र सो कुरा बैंक तथा वित्तिय ऐन सम्शोधनको प्रारम्भीक चरणमा रहेको बताए ।

लघुवित्तको संख्यामा वृद्धि भएता पनि समावेशी रुपमा सेवाको गुणस्तर न्युन भएको मन्त्री खतिवडाको भनाई छ । उनले कारोबार र संस्थाको दायरा बढी भएता पनि लघुवित्तहरुले सबै जिल्लाहरुमा समान तबरले सेवा विस्तार गर्नु पर्नेमा जोड दिए । ।

लघु वित्त संस्थाहरुमा वाणिज्य बैंकहरुको जति नै सदस्य भएता पनि तुलनात्कम रुपमा सेवा र लगानी विस्तार नभएको भन्दै मन्त्री खतिवडाले लघुवित्तका सदस्यहरुलाई बचतमा भन्दा कर्जा लिएर व्यवसाय गर्न तर्फ केन्द्रित हुन निर्देशन दिए ।

उनी भन्छन् – सदस्यता लिनु बचत गर्नु राम्रो कुरा हो तर बचतको ब्याज ६ देखी ७ प्रतिशत हुदाँ व्यवसाय गर्नुभयो भने ७ को २/३ गुणा बढी प्रतिफल पाउनु हुन्छ, त्यसैले सदस्यहरु बचतमा भन्दा व्यवसायमा जोडिनुस् । मन्त्री खतिवडाले नेपालमा २१ प्रतिशत परिवार अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको र त्यसलाई घटाउने गरि स्थानीय तहमा काम गर्ने यस्ता संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *