डा. गुणाकर भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं ७ वैशाख । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नभ्याइनेमा परेको छ ।
गभर्नरमा नियुक्ति हुने चर्चासँगै शुक्रबार पदबाट राजीनामा दिएका भट्टविरुद्ध सोही दिन पूरक निवेदन दर्ता गरिएको थियो । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको थियो । तर, आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासको ३७औँ नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।