Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं, ११ चैत । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुँदै छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले  आज हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

समझदारी कार्यक्रममा सहभागिता जनाउनका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकको छन्।  हिमालयन होटल कुपण्डोलमा एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुशार समझदारी पत्रमा जापानले नेपाली कामदार आपूर्ति गर्न सक्ने र कामदारको हकहितका विषयहरु कामदारको हकहितका कुराहरु देखि कामदारले पाउने सेवा सुविधाका कुराहरु उल्लेख गरिएका छन्।

जापानका १२६ मिलियन जनताका लागि श्रमिकहरुको अभाव रहँदै आएको जनाइएको छ । यसअघि रोजगारीमा आउन चाहने विदेशीका लागि जापानले कडाइ गरेकोमा गएको नोभेम्बर २ मा नयाँ कानुन ल्याएर विदेशी कामदारलाई भित्र्याउने नीतिमा परिवर्तन गरेको हो ।

जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आप्रवासी कामदारलाई खुला गर्न लागेको हो। जापानमा ठूलो संख्याको जनशक्ति पाको उमेरका भएका कारण त्यहाँ जनशक्तिको अभाव भोगेको हो। पहिलो चरणमा पाँच वर्षभित्र जापानले उल्लेखित देशबाट तीन लाख ४५ हजार कामदार लैजानेछ। जापानले १४ वटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको छ। नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता क्षेत्रमा आप्रवासी कामदार लिने भएको हो।जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x