Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकार अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पूर्ण तयारी भएनः पूर्व उद्योग मन्त्री जोशी

सरकार अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पूर्ण तयारी भएनः पूर्व उद्योग मन्त्री जोशी

काठमाडौं, १० चैत । उद्योग, वाणिज्य तथा आपुर्ति पूर्व मन्त्री नविन्द्रराज जोशीले सरकारले गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन उद्देश्य र औचित्यहिन रहेको बताएका छन् । आज काठमाडौंमा पत्रकारहरुसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री जोशीले सरकारले विन योजना लगानी सम्मेलन गर्न लागेको बताएका हुन् ।

उद्योग क्षेत्रको विस्तारले देशको विकास हुने र त्यसको लागि सरकारले अनुगमन र अध्ययन नै नगरी लगानी सम्मेलनको तयारी गरेको उनको आरोप छ । २०७३ सालमा आफ्नो नेतृत्वमा भएको लगानी सम्मेलनको व्यवस्ता गरेकोमा उनले आपत्ति जनाएका छन् ।

उक्त सम्मेलनमा १४ खर्व लगानी भित्र्याउने प्रतिवद्धता भएको भएपनि राजनीतिक अस्थिरता र राज्यले गरेको व्यवास्ताले गर्दा त्यो प्रतिवद्धता त्यतिकैमा सीमित रहेको उनको भनाई थियो । उनका अनुसार देशको अर्थतन्त्रको नमुनाको रुपमा लिइने शेयर बाजार दिन प्रतिदिन घट्दै जानुले विदेशी लगानी भित्रिन्छ भनेर ढुक्क हुन नसक्ने अवस्था रहेको छ ।

सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पर्याप्त गृहकार्य गर्न नसकेको पनि उनले जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x