एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

काठमाडौं, १० चैत । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देहीको वुटवल स्थित बेलबास वडा नं १३ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले चैत ९ गते एक समारोहका बिच उद्घाटन गर्दै शाखा कार्यालय सञ्चालनमा आएको घोषणा गरेका हुन् ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै ग्रामीण भेकका सर्वसाधारणहरुलाई बैंकसँगको कारोबार गर्न सहज हुने बैंकले जनाएको छ । हाल बैंकले देशभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *