Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुष्प मेलामा ६२ लाखको कारोवार

पुष्प मेलामा ६२ लाखको कारोवार

काठमाडौँ, ११ चैत। फ्लोरीकल्चर एशोसिएशन नेपालको आयोजनामा गरेको पुष्प मेलामा रु ६२ लाखको आर्थिक कारोवार भएको छ । आयोजकले रु ६० लाखको आर्थिक कारोवार हुने लक्ष्य लिएको थिए। गत शुक्रबारदेखि शुरु भएको मेलामा ५७ हजार अवलोकन गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा उत्पादन भएका पुष्प तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि र अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले मेलाको आयोजना गरिएको एशोसिएशनले जनाएको छ । मेलामा ८४ व्यावसायिक स्टल राखिएका थिए ।

नेपालमा ४३ जिल्लामा लगभग ६९७ व्यवसायीले सो व्यवसाय विस्तार गरिसकेका छन् । त्यस्तै १५३ हेक्टर जमीनमा पुष्प व्यावसायिक रुपमा खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा दुई अर्ब २५ करोडको कारोवार फूलकारोवार भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x