१० अर्ब ३३ करोड बराबरको टेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ११ चैत।  नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । लगातार टेजरी बिलको बिक्री गर्दै आएको बैकले पुन: बिल बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *