Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तरलता सहज भएपछि कर्जाको ब्याजदर घटाउदै बाणिज्य बैंकहरु

तरलता सहज भएपछि कर्जाको ब्याजदर घटाउदै बाणिज्य बैंकहरु

काठमाडौं, ११ चैत ।   उद्योग व्यवसायीले दबाव पछि बाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन शुरु गरेका छन् । बैंकहरुले भने दवाव भन्दा पनि बैंकिक प्रणालीमा तरलता केही सहज भएपछि विस्तारै बेसरेट घटाउँदा कर्जाको ब्याजदर घट्दै गएको बताएका छन् ।  दुई महिनाअघि बैंकको बेसरेट १० दशमलव ३० प्रतिशतको हाराहारीमा रहेको वेसरेट अहिले घटेर ९ दशमलव ५० प्रतिशतमा झरेको छ । पछिल्लो पटक २८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकहरूले बेसरेट सबैभन्दा तल झारेका छन् भने निजी बैंकहरूले पनि विस्तारै घटाउँदै लगेका छन् ।

 राष्ट्रिय वाणिज्यको बेस रेट  सबैभन्दा कम ‍५ दशमलव ६० प्रतिशत छ । ४ प्रतिशत प्रिमियम जोड्दा पनि यस बैंकको ब्याजदर १० प्रतिशतभन्दा कमै हुन्छ । नीजि बैक तर्फ सेन्चुरी कमर्सियल बैंकको बेसरेट सबैं बैंकको तुलनामा बढी छ । यस बैंकको बेसरेट ११ दशमलव ५० प्रतिशत छ । यसमा प्रिमिय जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुग्छ । सरकारी स्वामित्वको नेपाल बैंकको ६ प्रतिशत बेसरेट छ । त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ७ दशमलव ६७, नबिल बैंकको ७ दशमलव ९१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ८ दशमलव ९६ प्रतिशत बेसरेट छ ।

 त्यसैगरी, एभरेस्ट बैंकको ८ दशमलव २२ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९ दशमलव ७, हिमालयन बैंकको ९ दशमलव १३, एनआईसी एसियाको ९ दशमलव ३० बेसरेट छ ।त्यसैगरी, प्रभु बैंकको ९ दशमलव ३७, सानिमा बैंकको ९ दशमलव ५४, नेपाल एसबीआई बैंकको ९ दशमलव ८२, एनएमबी बैंकको १०, बैंक अफ काठमाण्डुको १० दशमलव २८, प्राइम कमर्सियल बैंकको १० दशमलव १७, लक्ष्मी बैंकको १० दशमलव ३६, नेपाल बंगलादेश बैंकको १० दशमलव ४१, सिद्धार्थ बैंकको १० दशमलव ५९, सनराइज बैंकको १० दशमलव ६३, एनसीसी बैंकको १० लशमलव ७६, माछापुच्छे बैंकको १० दशमलव ७८ प्रतिशत बेसरेट छ ।त्यस्तै, जनता बैंकको १० दशमलव ७६, मेगा बैंकको १० दशमलव ८३, सिटिजन्स बैंकको ११, कृषि विकास बैंकको ११ दशमलव १५, सिभिल बैंकको ११ दशमलव २४ र कुमारी बैंकको ११ दशमलव ३८ प्रतिशत बेसरेट छ ।

बैंकले बेसरेटमा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । बेसरेट कम हुँदै जाँदा कर्जाको ब्याजदर कम र बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x