सन्राइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं १७ चैत । सन्राइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहर बिक्री गर्न सक्ने छ ।
सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दास बिच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬