Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इन्जिनियरिङ कलेजको उद्ध्घाटन गर्न प्रधानमन्त्री झापामा

इन्जिनियरिङ कलेजको उद्ध्घाटन गर्न प्रधानमन्त्री झापामा

काठमाडौं,१७ चैत,प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

काठमाडौंबाट विराटनगर अवतरण गरेर  प्रधानमन्त्री ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्ध्घाटन,मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नुहुनेछ ।

 यसैगरी  अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले  आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने   प्रदेशन नं १ स्तरीय साहित्यिक ÷ प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले  गौरादह र दमक  नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।v

यसैगरी भोली चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा  प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको  पशुपंक्षी हाट उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दिउसो साढे १२ बजे भारतीय  राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कनु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x