Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नाट्टा सुदुरपश्चिम प्रदेशको छैटौ साधारण सभा सम्पन्न

नाट्टा सुदुरपश्चिम प्रदेशको छैटौ साधारण सभा सम्पन्न

धनगढी, चैत्र १७ ।  नाट्टा सुदुरपश्चिम प्रदेश संघको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सुदुरपश्चिमको आवाज पर्यैटनको बिकास भन्ने मुल नारा रहेको सुदुरपश्चिम प्रदेशलाई पर्यटनको क्षेत्रमा बिकास गनुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।

 कार्यक्रममा सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री  प्रकाश रावललेप्रदेशमा बिकासको लागी पर्यटन क्षेत्रहरु आवश्यक रहेको बताउनु भयो । सुदुरपश्चिम प्रदेश सरकारले पनि पर्यटनका क्षेत्रमा आफुहरुले काम गरिरहेको नाटा सुदुरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भटट्ले बताउनुभयो ।

यसै गरी नाट्टाका केन्द्रीय अध्यक्ष सीएन पाण्डेले सदूरपश्चिमका ९ जिल्लामा पर्यटकीय गन्तव्य क्षेत्रमा घुमफिर गरी सकेपछी  सुदूरपश्चिम पर्यटकीय स्थालहरु महत्वपुर्ण रहेको बताउनु भयो ।

आजै सम्पन्न भएको नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् ( नाट्टा)को छैटौ वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्य समिती सर्व सहमतमा  निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारी तथा कार्यसमिती सदस्यहरुमा अध्यक्षमा माया प्रकाश भटट्,उपाध्यक्ष,केशव कुमार श्रेष्ठ,महा सचिव, पदम बिक्रम सिंह,कोषाध्यक्ष धनञ्जय जैशी,सचिव शिवहरी पाण्डे,सदस्यहरु मुनाल मल्ल,पदम बः चन्द,डिल्ली प्रसाद जैशी र पुष्कार राज भटट् रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x