Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

अरुण तेस्रो लगायत १६ परियोजनामा सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

अरुण तेस्रो लगायत १६ परियोजनामा  सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

काठमाडौं,१६ चैत ।  काठमाडौंमा दुई दिन सम्म चलेको नेपाल लगानी सम्मेलन विभिन्न १६ वटा लगानी सम्झौता र १७ परियोजनामा लगानी सुनिश्चत गर्दै सम्पन् भएको छ ।  ऊर्जा र उद्योग पर्यटन वित्त लगायतका विभिन् क्षेत्रमा लगानी गर्ने गरी १६ परियोजनामा समझौता भएको हो । समझौता भएका क्षेत्र मध्ये अधिकाश उर्जा सँग सम्वन्धित रहेका छन् । लगानी सम्मेलनमा  ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको देखी सिमरा सेजको पूर्वाधार निर्माणका लगायतका सम्झौता गरिएको छ ।  ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका स्टेट बैंक अफ इन्डिया, नेपालको एभरेस्ट बैंक र नवील बैंकबीच सझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस्तै माथिल्लो त्रिशूलीमा दक्षिण कोरियन कम्पनीले लगानी गर्ने  भएको छ । कोरियाको कम्पनीले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर २६० मेगावाटको जलविद्युत आयोजना बनाउन ६५० मिलियन डलर लगानी गर्ने विषयमा सहमति भएको छ।   लगानी बोर्ड नेपाल इएफसीबीच बाराको सिमरामा विशेष आर्थिक क्षेत्रमा दुई वटा (बि र सी) ब्लक बनाउने विषयमा सम्झौता गरिएको छ । पिपी मोडलको लगानीका लगानी इन्भेस्टमेन्ट वोर्ड नेपाल, इन्टरनेशल फाइनान्स करर्पोरेशनबीच समझदारी गरिएको हो। यसको लागि चार करोड ८८ लाख लागत अनुमान लगानी बोर्डले गरेको थियो। यसै गरी गैरआवासिय नेपालीले १० अर्ब रुपैयाँको पूर्वधार विकास कोष स्थापना गर्ने विषयमा सम्झौता गरेको छ। औद्योगिक विकास र संरचना निर्माणका लागि सो रकम प्रदान गरिने गरी समझौता गरेको एन आर एनका अध्यक्ष भवन भट्टले बताए ।

चाइना न्यूकिलियर पावर कम्पनीले प्रस्तावित १६४ मेगावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजना बनाउने सम्झौता गरेको छ। यो आयोजनाका लागि हाइड्रो सोलुसन र सांघाई इनभेस्टमेन्ट डिजाइन एण्ड रिसर्च इन्सिच्युटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।  ताइवान र चिनियाँ कम्पनीको साझेदारीमा काभ्रेको बनेपामा हिमालयन बुटिक रिसोर्ट निर्माणका लागि सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। हिमालय बुटिक काभ्रे प्राइभेट लिमिटेड र सिन्सिया कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो रिसोर्टको पाँच करोड ६० लाख लागत अनुमान गरिएको छ। भारतको मुथट फाइनान्सले युनाइटेड फाइनान्सको स्वामित्व खरिद गर्ने विषयमा सम्झौता गरेको छ। स्वामित्व खरिदका लागि उसले ३९ करोड रुपैपाँ लगानी गर्ने उल्लेख गरिएको छ।

नेपाल वेयर हाउस र नेशनल कोल्याटर म्यानेजमेन्ट सर्भिसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल फेडेरेसन लाइसेन्स कम्पनी र म्यानमार लाइसेन्स कम्पनीबीचको सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसै गरी चौधरी ग्रुपसँगको सहकार्यमा चार परियोजना छुट्टाछुटै विदेशी साझेदारसँग सम्झौता गरेको छ। स्काई पावर लिमिटेडसँग मिलेर ६०० मेगावाटको सोलार ऊर्जा उत्पादनको लागि सम्झौता गरिएको छ। सोलारसम्बन्धी लगानीका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सिजी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीबीच समझदारी भएको छ।

फाइभजी मोबाइल टर्किस कम्पनी टेलिकर्ससँग सम्झौता गरेको हो। चौधरी ग्रुपले भारतको सरार्फ ग्रुपसँगको साझेदारीमा लजिस्टिक पार्क बनाउने समझदारीमा सम्झौता भएको छ। ६०० मेगावट सौर्य ऊर्जा उत्पादनको लागि स्काई पावर र सिजीबीच सम्झौता  भएको छ ।  

सम्मेलनमा राखिएका ७७ परियोजना मध्ये १७ परियोजनामा विभिन्न लगानी कर्ताहरुले लागनीका लागि इछा ब्याक्त गर्दै बुकिङ्क गरेका छन् । ति परियोजनामा कति लगात प्रतिवद्धता आयो भन्ने कुरा खुल्लाइएको छैन । २१ गते पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने लगानी बोर्डले जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलन  ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि उपलब्धी मुलक भएको बताउनु भएको छ । सम्मेलनले नेपालमा लागानीको बातावरण बनेको सन्देश प्रवाह भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । गत शुक्रबार बाट लगानी सम्मेलन चलेको थियो जसमा ४० देशका ७०० बढी विदेशि लगानी कर्ताको सहभागित रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x