Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

उच्च प्रतिफलका लागि नेपालमा लगानी गर्न प्रचण्डको आग्रह

उच्च प्रतिफलका लागि नेपालमा लगानी गर्न प्रचण्डको आग्रह

काठमाडौं, १६ चैत ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको भन्दै लगानीका लागि आग्रह गरेका छन् । लगानी सम्मेलनको समापन समारोहलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकाप अध्यक्ष दाहालले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै दाहालले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताए। उनले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गरे । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै  सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको दाहाले लगानीकर्ता माझ जानकारी दिए ।

नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उनले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताए।, “मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।” बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको छ,  दहालले थपे ।

कार्यक्ररममा अर्थमन्त्री डा युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५’ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको बताए । सो अवसरमा मन्त्री खतिवडाले सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको र सहभागीसँगको सहकार्यलाई निरन्तरता दिइने बताए ।

सम्मेलनका संयोजक समेत रहेका डा खतिवडाले विभिन्न आयोजनको प्रस्तुति, उत्साहजनक सहभागिता, औपचारिक र अनौपचारिक छलफलले नेपालको लगानीको अवसर पहिल्याएको जनाउँदै नेपालमा व्यावसायिक बातवरण बनेको शन्देश लगानी सम्मेलनले दिएको बताए  ।  

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा स्थिर सरकार निर्माणसँगै सरकारले उपयुक्त समयमा महत्वपूर्ण सम्मेलन आयोजना गरेर विश्व समुदायलाई आर्थिक रुपान्तरणको सन्देश दिएको उल्लेख गरे , “अब हामीले समृद्धि र विकासका लागि ढिलाइ गर्नु हुँदैन । सधैँ द्वन्द्व र अस्थिरतामा रुमल्लिएर मुलुक अघि बढ्न सक्दैन । सम्मेलनले स्पष्टरुपमा यो सन्देश दिन सकेकामा खुशी लागेको छ ।” चौधरीले भने ।

यसै गरी गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भवन भट्टले लगानी सम्मेलनले नेपालमा विकास र समृद्धिको स्रोत तथा प्रविधि जुटाउने असल थालनी भएको बताए । विश्वभर रहेका नेपालीलाई विपन्न र असफल मुलुकको हीनताबाट माथि उठाउन समय आएको बताए । औद्योगिक पूर्वधारका विकासका लागि १० अर्बको पूर्वधार कोष खडा गरिएको भट्टको भनाइ थियो ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x