Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लगानी सम्मेलनमा दर्जन भन्दा बढी परियोजनामा सम्झौता हुँदै, पूर्वाधारमा लगानी गर्न १० अर्बको कोष

लगानी सम्मेलनमा दर्जन भन्दा बढी परियोजनामा सम्झौता हुँदै,  पूर्वाधारमा लगानी गर्न १० अर्बको कोष

काठमाडौं,१६ चैत । लगानी सम्मेलनको आज अन्तिम दिन विभिन्न परियोजनामा सम्झौता र समझदारी गरेर तेस्रो लगानी सम्मेलन सकिदैछ । काठमाडौंको होटल सोल्टीमा जारी सम्मेलनको दोस्रो दिन लगानीकर्ताहरुका अनुभव समेटिएका विभिन्न सत्रमा छलफल पछि सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । गैर आवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गर्ने सम्झौता हुँदै छ ।

नेपालमा लगानीको सम्भावना रहेका कृषि, बन, पूर्वाधार विकासका सत्रहरुमा पनि समूहगत छलफल पनि हुनेछ । सम्मेलनका क्रममा १२ वटा विभिन्न परियोजनामा लगानी सम्बन्धी सम्झौता र समझदारी हुने लगानी बोर्डले जानकारी दिएको छ ।

सम्मेलनका क्रममा जलविद्युत, कृषि, उद्योग, पर्यटन यातायात लगायतका सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुला ७७ परियोननका सम्मेलनमा राखिएको छ । शुक्रबारदेखि शुरु भएको सम्मेलनमा ४० देशका ६ सय ५० को सहभागितता रहेको छ । लगानी सम्मेलनको अन्तिम दिन आज बेलुका पत्रकार सम्मेलन गरेर उपलब्धिहरुका सम्वन्धमा जनाकारी गराइने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x