Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आज मतदान

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं,१६ चैत । नेपाल बार एसोसिएसनले आज नयाँ नेतृत्व चयन गर्दै छ । तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा लोकतान्क्रिक समूहबाट अधिवत्ता सुनीलकुमार पोखरेल र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

प्रगतिशील र लोकतान्त्रिक समूहबीचको निर्वाचनमा उम्मेदवारहरू देशव्यापी प्रचारप्रसार सकेर काठमाडौं केन्द्रित भएका छन्  । दुवै समूह आफ्नो पक्षका असन्तुष्टहरूलाई सहमत गराउने र अर्को पक्षका असन्तुष्टहरूलाई आफूतिर आकर्षित गर्ने रणनीतिमा छन् ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा मुख्य प्रतिसपर्धा पोखरेल र श्रेष्ठ बीच  रहेपनि अन्य ६ जनाको उम्मेदारी दिएका छन् , महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन—तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेका छन् ।

देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x