Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

नेपालगञ्ज नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा रोक

नेपालगञ्ज नाकाबाट  पशु तथा पशुजन्य वस्तुको आयातमा रोक

काठमाडौं,१७ चैत । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयातमा रोक लगाइएको छ । व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको हो । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा रोकिएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । कानून अनुसार अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ ।

नेपालगञ्ज नाकामा फागुन २६ गतेबाट कुनै पनि पशु तथा पशुजन्य वस्तुको आयात भएको छैन । पशु तथा पशुजन्य दाना पशु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाइन्छ । हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले ऐन कार्यान्वयनमा कडाइ गरेको हो । कडाइ गरेसँगै मुख्य नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कडाइ भएपछि भन्सार छलेर अवैधरूपमा भित्रिन थालेको छ ।

पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएक थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x