Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अधिकारको उपयोग गर्दै समृद्धि तथा उद्यमशीलता तर्फ उन्मुख महिला

अधिकारको उपयोग गर्दै समृद्धि तथा उद्यमशीलता तर्फ उन्मुख महिला

काठमाडौं, २० चैत । नेपालका महिलाहरु आफ्नो अधिकारको उपयोग गर्दै समृद्धि तथा उद्यमशीलता तर्फ उन्मुख हुन पर्नेमा विज्ञहरुले जोड दिएका छन् । सरकारले महिलाहरुका लागि अनगिन्ती योजना, कार्यक्रमहरु तथा सेवा सुविधाहरुको व्यवस्था गरेको भएता सोको सुचना अभावको कारण महिलाहरुले उपभोग गर्न नपाएकोे महिला अधिकारकर्मी तथा महिलाउद्यमीहरुले बताएका छन् । राजधानीमा महिला उद्यमी महासंघ नेपालद्धारा आयोजित ‘नेपालमा महिला उद्यमशीलतामा जोड’ नामक गोष्ठीमा सो कुरा औल्याइएको हो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आथित्यमा सम्पन्न उक्त गोष्ठीमा मन्त्री थापाले मुलुकमा आर्थिक समृद्धि ल्याउन पहिलो प्राथमिकतामा महिला उद्यमशीलताको विकास गर्नु पर्नेमा जोड दिइन् । महिलाहरुलाई उद्यमी बनाउन सरकारले छुट्टै कानुन बनाई लागु गर्ने र महिला उद्यमीहरुको समस्या समधानमा आवश्यक कुरा के के हुन कागजीरुपमा ल्याउन भन्दै मन्त्री थापाले सोको सम्बोधन गर्ने प्रतिबद्धता गरेकी छिन् ।

साथै मन्त्री थापाले स्थानिय स्रोत साधानको प्रयोग गर्दै महिलाहरुलाई उद्योग व्यवसाय क्षेत्रमा लाग्नु पर्ने र महिलाहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सरकारले छुट्टै ऐन निमार्ण गर्ने बताईन् । यसका लागी महिला उद्यमी महासंघले पनि देशको ७७ वटै जिल्लाका महिलाहरुलाई समेटी उनीहरुको क्षमता विकास गर्ने सीप मुलक तालिममा सहभागी गराउदै उद्यमी बन्न सहयोग गर्नु पर्ने उनको भनाई छ । महिलाहरुद्धारा उत्पादित वस्तुको आन्तरिक तथा वाह्य रुपमा बजारीकरणमा सरकारको तर्फबाट आवश्यक पहल गर्ने मन्त्री थापाले बताईन् ।

यसैगरि कार्यक्रममा महासंघकी अध्यक्ष शारादा रिजालले प्राय नेपाली महिलाहरु सानै भएता पनि उद्यम तथा व्यवसायमा संलग्न भएको बताउदै उनीहरुले उत्पादन गरेको वस्तु तथा सामानको बजारीकरण आजको मुख्य चुनौती भएको बताईन् । उनीहरुको उत्पादन एकै छाता मुनि समेटी राष्ट्रिय तथा अन्तराष्ट्रि बजारमा ती उत्पादन पु¥याउन महिला कलाग्रामको यथाशिघ्र निमार्ण सरकारले गरिदिनु पर्ने माग अध्यक्ष रिजालको रहेको छ ।

कार्यक्रमको उदेश्य प्रष्ट पार्दै इर्मजकी कार्यकारी निर्देशक तथा महिला उद्यमी महासंघकी सल्लाहकार प्रा. डा. मोना श्रेष्ठ अधिकारीले महिलाहरुलाई एक आपसमा छलफल, सहयोग र क्षमता तथा संजाल एवम् संरचना विकास गर्दै अन्तरसम्बन्ध कायम गरि उद्यमशीलतामा संलग्न हुन आग्रह गरिन् । एकताबाट नै सफलता सम्म पुग्न सकिने बताउदै उनले जस्तो सुकै कठिनाईमा पनि सहयोगात्मक भावना रहे त्यसको समाना गरि सफलता हासिल गर्न प्रोत्साहन मिल्ने बताईन् ।

सोही कार्यक्रममा राष्ट्रिय सुचना आयोगकी आयुक्त यशोदा देवी तिल्मिसनाले राष्ट्रले महिलाहरुलाई दिएको सेवा सुविधाबारे महिलाहरुले सुचना मात्र पाउन सके पनि उनीहरु समृद्धि तर्फ आफै अगाडी बढ्ने बताईन् । सबै क्षेत्रका महिलाहरुलाई उद्यमशीलताको क्षेत्रमा भएको सेवा तथा सुविधाहरुको जानकारी तथा सुचना सम्बन्धीत सरोकारवाला निकायहरुले दिनु पर्ने र महिलाहरु आफै पनि जानकार हुन इच्छुक हुनु पर्ने उनको भनाई छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्बन्धी ऐन परित गरि कर प्रणाली, निर्यात निति, लगायत उद्योग व्यवसाय गर्न धेरै सुविधाहरु दिएको बताए । साथै सरकारले चीन, भारत र बगलादेशसँग केही समय भित्र नै व्यापार सम्झौता गर्ने र अन्तराष्ट्रिय स्तरमा नेपाली समान निर्यात बढ्ने बताउदै महिला उद्यमीहरुलाई स्थानिय स्रोत साधनको प्रयोग गरि सामान उत्पादन आग्रह गरे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुको सहभागीता उक्त १ दिने गोष्ठीले आगामी दिनमा महिलाहरुलाई उद्यमशीलता तर्फ अगाडी बढ्न थप उर्जा मिलेको महासंघकी महासचिव दर्शना श्रेष्ठले बताईन् ।

नेपालका ४१ जिल्लाका महिला उद्यमीहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा सरकारी, निजी र बैंकिङ क्षेत्रका व्यक्तिहरु उपस्थिति रहेको थियो ।

उनीहरु बीच महिला उद्यमशीलता विकास र बजारीकरण, प्रविधिमा महिला उद्यमी, कर राजश्व सम्बन्धी निति तथा ऐन निमार्ण र कार्यन्यवन, बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा प्रवाहको लागी गरिएका व्यवस्थाहरु बारे विभिन्न शत्रमा छलफल भएको थियो ।

हाल सम्म ४१ जिल्लाका महिला उद्यमीहरुलाई समेटेको महासंघले भविश्यमा ७७ वटै जिल्लाका महिलाहरुलाई समेटी उनीहरुको क्षमता विकास गर्दै उद्यमशीतामा संलग्न हुन तर्फ प्रेरित गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x