सिटिजन्स बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त
काठमाडौं, २५ चैत । सिटिजन्स बैंक इन्टरनेशनलको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत देवकोटालाई बैशाख १ देखि लागु हुने गरि डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि उक्त पद खाली थियो । स्थापनाकाल देखिनै सिटिजन्समा आबद्ध देवकोटासँग बैंकिङ क्षेत्रमा २३ बर्षको अनुभव छ ।