‘फेरी लोडसेडिङ चाहनेले मेरो बदनाम गराउन खोज्दै छन्’–कुलमान घिसिङ

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरी लोडसेडिङ चाहनेहरुले आफ्नो बदनाम गराउन लागिपरेको बताएका छन् । निर्देशक घिसिङले आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै पहिले लोडसेडिङ गराउन बानी परेकाहरु केहि कुरा नपाएर आफूले पाएको इन्सेन्टिभको विरुद्ध लागिरहेको बताए ।

पहिला ९ करोड रुपैयाँ घाटामा चलिरहेको प्रधिकरण अहिले नाफामा आएको र लोडसेडिङ गराउँनेहरुलाई त्यो मान्य नभएको बताए । हावाका भरमा मिडियामा गएर कार्यालयका ५ तहका कर्मचारीले आफ्नो विरुद्धमा हुँदै नभएको कुरा गरेको उनले बताए । आफूले नियम अनुसार ६ लाख रुपैयाँ इन्सेन्टिभ खाएको तर त्यसलाई केही साथीहरुले बैठक भत्ता बापत ६० लाख रुपैयाँ खायो भनेर हल्ला चलाएको उनको भनाई छ ।

देशको विकास नचाहने र हुँदै नभएका कुरालाई बढाइचढाइ गर्ने कर्मचारीहरुलाई आफूले स्पष्टिकरण सोधेको जानकारी दिए । ‘देश अहिले लोडसेडिङ मुक्त भएको छ ।’ उनले भने–‘चार वर्ष भित्रमा देशका सम्पूर्ण भेगहरुमा विद्युत पु¥याउने सरकारको लक्ष्यलाई साकार पार्न लागिपरेका छौं तर केही साथीहरु देशलाई अझै अन्धकार बनाउँन चाहान्छन् ।’

उनीहरु बाहिर सरकारले दिएको अनुदानबाट प्राधिकरण नाफामा चलेको भनेर हल्ला चलाईरहेकोले त्यस्ता कुरामा विश्वास नगर्न सबैलाई आग्रह समेत गरे । उनीहरुले ठूलो पावर र पहुँचको भरमा गलत सन्देशहरु सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुबाट फैलाइरहेको उनको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *