Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सैनिकका छोरोछोरीलाई प्राविधिक विषय अध्ययन गर्न प्रभु बैंकले सहुलियत कर्जा दिने

सैनिकका छोरोछोरीलाई प्राविधिक  विषय अध्ययन गर्न प्रभु बैंकले सहुलियत कर्जा दिने

काठमाडौं, २५ चैत । प्रभु बैंकले नेपाली सेना छोराछोरीलाई प्राविधिक शिक्षा अध्ययनका लागि सहुलियत कर्जा सुविधा दिने भएको छ। जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सुविधा दिनेबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा पढ्न जानेहरुलाई बैंकले सहुलियत कर्जा दिने छ । स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हाँसिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । शैक्षिक कर्जा सुविधा रकम सहुलियत ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँसम्म हुने बैंकले जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय सहित अन्य सबै शाखा कार्यालयबाट उक्त सुविधा लिन सकिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x