कामना सेवा बैंक र साहारा हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता

काठमाडौं, २५ चैत । कामना सेवा विकास बैंक लिमिटेडका खातावला र कर्मचारीहरुले साहारा हस्पिटल प्रा.लिमा उपचार गराउदा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारी र खातावालाका परिवारलाई सहुलियत सेवा दिने गरि सम्झौता गरिएको हो ।

सम्झौता अनुसार अब बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनिहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *