सन्राइज बैंकद्वारा हावाहुरी पीडितलाई राहात वितरण
काठमाडौं, २५ चैत । सन्राइज बैंक लिमिटेडले हावाहुरी पीडितलाई राहात वितरण गरेको छ । बैंकले बारा हरदिया र पर्शुराम गाउँका २ सय हावाहुरी पीडित परिवारलाई राहात वितरण गरेको हो ।
दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, मन्जान, दात माझ्ने ब्रस आदि सामग्रीहरु राहात प्रदान गरेको बैंकले जनाएको छ ।