राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको तरलता व्यवस्थापन गर्ने

काठमाडाैं, १८ भदाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने योजना अघि सारेको छ। अधिक तरलता व्यवस्थापनको उद्देश्यले आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो रकम २५ दिनका लागि निक्षेप संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा भाग लिन सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम पाँच करोड रुपैयाँले भाग गर्दा आउने शेष रकमसम्म हुनेछ।
सावाँ तथा ब्याज भुक्तानी असोज १२ मा तोकिएको छ। ब्याजदर बोलकबोल प्रक्रियामा निर्धारण हुनेछ र आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ।