सरकारले ९ वर्षे ‘विकास ऋणपत्र–२०९१ ग’ जारी

काठमाडाैं, १८ भदाै । सरकारले ‘विकास ऋणपत्र–२०९१ ग’ नामक ९ वर्षे अवधि भएको ऋणपत्र जारी गरी १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत खरिद गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्था, व्यक्ति, संस्था वा कम्पनीहरूले अनलाइन माध्यमबाट बोलकबोलमा भाग लिन सक्नेछन्।
ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र सो ब्याजमा आयकर लाग्ने व्यवस्था गरिएको छ। यस ऋणपत्रको परिपक्व मिति २०९१ साल भदौ १९ तोकिएको छ।
यस ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने सुविधा पनि उपलब्ध हुनेछ।