Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

वाहन नम्बर प्लेटमा नेपाली भाषा प्रयोग अनिवार्य गर्न भाषा आयोगको माग

वाहन नम्बर प्लेटमा नेपाली भाषा प्रयोग अनिवार्य गर्न भाषा आयोगको माग

काठमाडाैं, १८ भदाै । भाषा आयोगले वाहनोंमा जडान गरिने नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को प्रयोग अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले संविधानको धारा ७(१) अनुसार सरकारी कामकाजमा नेपाली भाषालाई आधिकारिक भाषा बनाइएको बताउँदै हाल लागू गरिएको अंग्रेजीमै नम्बर प्लेट दिने प्रावधानप्रति असहमति व्यक्त गरेको छ।

भाषा आयोगले थप उल्लेख गरेको छ कि सर्वोच्च अदालतको निर्णय अनुसार नम्बर प्लेटमा संविधानद्वारा मान्यता प्राप्त नभएको कुनै भाषा वा लिपि प्रयोग गर्न नपाइने व्यवस्था छ। यसैगरी, २०८१ जेठ ९ गतेको निर्णयमा अदालतले धारा ७(३) अनुसार नेपाली बाहेक अन्य भाषासम्बन्धी विषयमा सरकारले भाषा आयोगको सिफारिसअनुसार निर्णय गर्न सक्ने स्पष्ट पारेको थियो।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भने, “आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार फेरि एकपटक सरकारको ध्यान नेपाली भाषा प्रयोगतर्फ तानेको छ।”

आयोगले तीनै तहका सरकारलाई संविधानको व्यवस्था अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ। यो कदमले संविधानमै मान्यता प्राप्त नेपाली भाषाको संरक्षण, प्रवर्द्धन र प्रयोग सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *