लघु निर्जीवन बीमा कम्पनीको बिक्रीमा वृद्धि, एक महिनामा २८ हजार बढी बीमालेख

काठमाडाैं, १८ भदाै । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा निर्जीवन लघुबीमा कम्पनीहरूले ठूलो बिक्री वृद्धि गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
साउन महिनामा चार लघु निर्जीवन बीमा कम्पनीहरूले २८ हजार ४५६ वटा बीमालेख बिक्री गरेका छन्। सो बिक्रीबाट कम्पनीहरूले जम्मा ७ करोड ८२ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ७ हजार ९९२ वटा बीमालेख बिक्री गरी २ करोड ८ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाल माइक्रोले ६ हजार ९७३ बीमालेख बिक्री गरी २ करोड १ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ६ हजार १३२ बीमालेख बिक्री गरी १ करोड ९८ लाख २ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
अन्ततः स्टार माइक्रो इन्स्योरेन्सले ७ हजार ३५९ बीमालेख बिक्री गरी १ करोड ७४ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ।
यो तथ्यांकले लघु निर्जीवन बीमा क्षेत्रमा बढ्दो आकर्षण र बजार विस्तारको संकेत दिन्छ।