Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु

काठमाडाैं, १८ भदाै । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।

यस प्रकरणमा कुल ३३ जना प्रतिवादी रहेका छन्। तीमध्ये २२ जनालाई पक्राउ गरिसकिएको छ भने ११ जना अझै फरार छन्।

अनुसन्धानका अनुसार ठगी योजना २०७६ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलमार्फत सुरु भएको थियो। त्यसपछि यो प्रकरण कांग्रेस नेता बालकृष्ण खाँणको पालामा तीव्र रूपमा अघि बढेको खुल्न आएको छ।

करिब ३० करोड रुपैयाँभन्दा बढी ठगी भएको यस बहुचर्चित प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरूसमेत मुछिएका छन्। अदालतको फैसलासँगै प्रकरणको निष्कर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *