Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

किसानका लागि अनुदानको मल लुकाउने व्यापारी पक्राउ

किसानका लागि अनुदानको मल लुकाउने व्यापारी पक्राउ

काठमाडाैं, १८ भदाै । सरकारले किसानका लागि पठाएको अनुदानको मल लुकाएर राख्ने उदयपुरका व्यापारी दिलीप चौधरी पक्राउ परेका छन्। १२ भदौमा गरिएको बजार अनुगमनका क्रममा कटारी नगरपालिका–१ मा रहेको उनको गोदामबाट २०० बोरा अनुदानको मल फेला परेको थियो।

प्रहरीले चौधरीलाई पक्राउ गरी ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। गोदामबाट फेला परेका मल अहिले सर्वदलीय सहमतिपछि किसानलाई वितरण थालिएको छ।

कटारी नगरपालिकाका अनुसार वडा–१ देखि वडा–७ सम्म १७५ बोरा मल किसानलाई वितरण गरिनेछ। प्रत्येक बोरा मलको मूल्य किसानले एक हजार रुपैयाँ तिरेर लिन सक्नेछन्। उठेको रकम नगरपालिका राजस्व खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।

प्रहरी र स्थानीय प्रशासनले यस्तो अनुगमन नियमितरूपमा जारी राख्ने जानकारी दिएका छन्, ताकि किसानको हितमा उपलब्ध अनुदान सही रूपमा वितरण हुन सकोस्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *