Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

आरबिबि फोकस ४० आजदेखि सर्वसाधारणका लागि खुला

आरबिबि फोकस ४० आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडाैं, १८ भदाै । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले व्यवस्थापन गर्ने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको छ।

एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको छ। बाँकीमध्ये १४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका लागि सुरक्षित राखिएको क्यापिटलले जनाएको छ।

प्रति इकाई १० रुपैयाँ दरमा निष्कासन गरिएको यो योजना १२ वर्ष अवधिको रहनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।

सार्वजनिक निष्कासन छिटोमा भदौ २२ गतेसम्म खुला हुनेछ। तर सो अवधिमा पूर्ण रूपमा बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्नेछ।

लगानीकर्ताले आवेदन दिन सि–आस्बा प्रणाली अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ मार्फत अनलाइन सुविधा प्रयोग गर्न सक्नेछन्।

यो कोषले नेप्सेमा सूचीकृत उच्च प्रतिफल दिने सम्भावना भएका ४० वटा कम्पनीलाई प्राथमिकता दिएर लगानी गर्नेछ। आवश्यक परेमा ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *