हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

काठमाडौं, २५ चैत । आईएमई अटोमोटिभ्सले आयोजना गरेको ‘हार्ले डेभिडसन बाइक फेस्ट’ सम्पन्न भएको छ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले आनन्द लिएसँगै समापन भएको हो ।

आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटोशो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको जानकारी दिएको छ । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *