Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्यात प्रवद्र्धन गर्न नसक्दा सार्क राष्ट्रको आर्थिक अवस्था कमजोर भएको विश्व बैंकको ठहर

निर्यात प्रवद्र्धन गर्न नसक्दा सार्क राष्ट्रको आर्थिक अवस्था कमजोर भएको विश्व बैंकको ठहर

काठमाडौं,२६ चैत ।  दक्षिण एसियाली राष्ट्रहरूको निर्यात प्रवद्र्धनमा कमजोरी रहेका कारण आर्थिक वृद्धिको लक्ष्य भेटन  विश्व बैकले ठहर गरेको छ । विश्व बैंकले सार्वजानिक गरेको पछिल्लो प्रतिवेदनले विगत दुई वर्ष यता दक्षिण एसियाभरि निर्यातभन्दा आयातको दर बलियो देखाएको छ ।

दक्षिण एसियमा सन् २०१७ मा १४ दशमलव ९ प्रतिशत र सन् २०१८ मा १५ दशमलव ६ प्रतिशत आयातमा वृद्धि भएको देखिन्छ । सन् २०१७ मा निर्यात ४ प्रतिशत र सन् २०१८ मा ९ दशमलव ७ प्रतिशतले वृद्धि भएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा निर्यातको अन्तर जीडीपीको २० प्रतिशत रहेको देखिन्छ । नेपालको सन्दर्भमा नेपालको कुल ग्रार्हस्थ उत्पादन ६ प्रतिशत हुने अनुमान गरिएको  छ । नेपाल पर्यटनबाट बढी लाभान्वित हुने तथा सबैभन्दा धेरै सिमेन्ट उद्योगबाट सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।दक्षिण एसियाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निर्यातलाई थप प्राथमिकतामा राख्नुपर्ने विश्व बैंकले सुझाब दिएको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x