नेपाल भ्रमण वर्षको तयारीका जुटन प्रधानमन्त्रीको निर्देेशन

काठमाडौं, २७ चैत । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन बर्षको तयारीमा लाग्न आग्रह गरेका हुन । बैठकमा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने जोड दिए । विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसकेक प्रधानमन्त्री ओलीको भनाइ थियो । “सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालीम दिनुपर्दछ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्री ओलीले बैठकमा भने ।
सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सवै क्षेत्रबाट अभियान चलाउनु पर्ने प्रधानमन्त्रीको भनाइ थियो ।