हावाहुरी पीडितलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ७५ लाख सहयोग
काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बारा र पर्सा जिल्लाका हावाहुरी पीडितलाई सहयोग स्वरुप ७५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरि उक्त चेक बैंकका संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा पीडित परिवारहरुको लागि सहयोग स्वरुप उक्त चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । हाल बैंकले सात वटै प्रदेशका ७७ जिल्लाहरुमा २ सय १८ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।