आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमती आवश्यक – प्रचण्ड

काठमाडौं, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमती विना विकास र समृद्धिको यात्रा संभव नहुने बताएका छन् । चीतवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विकास र आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमती आवश्यक रहेको बताएका हुन ।
नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको दोहोराउँदै , “विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्ने बताए ।