धितोपत्र बोर्डको नयाँ ब्यवस्था, अबदेखि न्यूनतम् १० कित्ता शेयर आवेदन गर्न सकिने

काठमाडौँ, २७ चैत । नेपाल धितोपत्र बोर्डले ल्याएको नयाँ ब्यवस्था अनुशार अबदेखि न्यूनतम् १० कित्ता शेयर आवेदन गर्न सकिने भएको छ ।
बोर्डले लागु गरेको नयाँ ब्यवस्थाले अब सार्वजनिक निष्कासनमा कम्तीमा ५० कित्ता आवेदन गर्नुपर्ने बाध्यकारी ब्यवस्थालाइ हटाउदै न्यूनतम् १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको हो । स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने सार्वजनिक निष्कासनमा न्यूनतम् १० कित्ता आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
बोर्डले यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई आजै परिपत्र गरेको छ । यस समावेशी व्यवस्थाले पूँजीबजारमा जनसहभागिता बढ्ने र पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।