Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वर्षको अन्तिम दिन सेयर बजार झिनो अंकले घटेर बन्द

वर्षको अन्तिम दिन सेयर बजार झिनो अंकले घटेर बन्द

काठमाडौं, २८ चैत । यो साता र वर्षको अन्तिम कारोबार दिन आज सेयर बजार घटेर बन्द भएको छ। उतार चढावका बीच बजार ०.५९ अंकले घटेर परिसुचक ११८४.०२ को बिन्दुमा थामिएको छ।

होटल, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समुहको परिसुचक घटेको छ भने बैंक, विकास बैंक, उर्जा, निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समुहको परिसुचक बढेको छ।
१ सय ७० कम्पनीको ३९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा कुमारी बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। बैंकको तीन करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै सो दिन सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने घलेम्दी हाइड्रोपावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *