Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

उद्योग सञ्चालनका लागि बाधक ऐन, कानुन संशोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली

उद्योग सञ्चालनका लागि बाधक ऐन, कानुन संशोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग सञ्चालनका लागि बाधक ऐन, कानुनका जुन सुकै दफा संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधाण सभाको उद्घाटन समारोहमा उनले उद्योग सञ्चालका लागि अप्ठ्यारो परेको खण्डमा छलफल गरेर त्यस्ता वाधक ऐन, कानुनहरु संशोधन गर्ने आश्वासन दिएका हुन ।

नेपालको यो वर्ष विकासको ढोका खुलेको र आउँदो वर्ष एक सिँडी चढ्ने प्रधानमन्त्री ओलीले भनाई थियो । अहिलेको सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने भएकाले त्यसको लागि निजी क्षेत्रले अपेक्षित रुपमा सहयोग गर्न जरुरी रहेको उनले बताए । उद्योगीहरुलाई नेपालको आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन कृषि, उद्योग सञ्चालन गरि नयाँ प्रविधि भित्र्याएर आधुनिक नेपालको विकास गर्नसमेत ओलीले सुझाव दिए ।

त्यस्तै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणले सरकारले बाह्य लगानीकर्तालाई आकर्षण गर्न खोजेपनि बैंकको मनपरी व्याँजदरले आन्तरिक लगानीकर्ताहरु मर्कामा परिरहेको बताइन् । विभिन्न चरणमा प्रधानमन्त्रीसँग यो कुरा राख्दा समेत अहिलेसम्म सम्बोधन नहुनु व्यवसायीहरुको लागि दुखद कुरा भएको उनले बताइन ।

साधारण सभामा नेपालका सात वटै प्रदेशका मुख्यमन्त्री र उद्योग व्यवसायीहरुको सहभागिता रहेको छ । साधारण सभा चैत २८ र २९ गते दुई दिनसम्म काठमाडौमा चल्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x