Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट इन्स्योरेन्सले हकप्रद बिक्रीका लागि पायो अनुमति

एभरेष्ट इन्स्योरेन्सले हकप्रद बिक्रीका लागि पायो अनुमति

काठमाडौं, २८ चैत । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डले अनुमति दिएकोे हो ।

बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ । एभरेष्टले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५ प्रतिशत संस्थापक समूहको हकप्रद सेयर बिक्री गरेको थियो । उक्त संस्थापक हकप्रदपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले यही पुँजीको ३०० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x